PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

अभिनेता महेश ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा



पहिलोपोस्ट

अभिनेता महेश ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा

काठमाडौं : अभिनेता महेश त्रिपाठी ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा छनोट भएका छन्। अमेरिकाको टेक्सासमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’बाट मनोनयनमा परेका हुन्।

बुधवार ‘वर्ल्ड फेस्ट ह्युस्टन’ फेसबुकमार्फत मनोनयनमा परेका तीन अभिनेताहरूको नाम सार्वजनिक गरिएको हो। उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा गर्नेछन्।

फिल्म ‘नोभेम्बर रेन’बाट अभिनयमा डेब्यू गरेका महेशले ‘चपली हाइट ३’मा समेत काम गरिसकेका छन्। वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभलको रूपमा मानिन्छ।

यस पटकको फेस्टिभलमा विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म देखाइनेछ। महेश अभिनित फिल्म ‘हल्कारा’ २३ अप्रिलमा प्रिमियर हुने बताइएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell