PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गठबन्धनको निर्णय नमान्नेलाई कारबाही हुन्छ : बालकृष्ण खाण



पहिलोपोस्ट

गठबन्धनको निर्णय नमान्नेलाई कारबाही हुन्छ : बालकृष्ण खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिने बताएका छन्। रुपन्देही पुगेका खानले एक अन्तरक्रिया कार्यक्रममा निर्वाचनमा गठबन्धन दलबिच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको बताएका हुन्।

‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन। कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ’, उनले भने।

यस्तै, उनले जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन्। जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको बताए।

खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरणमा हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए।

‘शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध गरेको छौँ। आवश्यक परे हवाइगस्ती गर्छौं’, उनले भने।

केही दलले निर्वाचनमा पहिलो पटक भाग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell