
जनकपुरधामः सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टी (जसपा) लाई दिनेगरि निरण गरे पनि स्थानीय स्तरमा भने कांग्रेसले पनि उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस नगर समितिले नगर प्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको हो।
बैठकले नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिस गरेको हो। कांग्रेसले नगर प्रमुखमा मनोजकुमार साह, किशोरी साह र राकेशविक्रम शाहको नाम सिफारिस गरेको हो। उपप्रमुखमा इन्दिरा चौधरी, रुना झा र शान्ति विष्ट घिमिरे को नाम सिफारिस गरेको हो।
जसपालाई उपमहानगरको नेतृत्व दिने सहमतिको नगर समितिले विरोध गरेको छ।