PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जनकपुरधाम उपमहानगरमा सिट बाँडफाँटः केन्द्रमा जसपालाई दिने सहमति तर कांग्रेसले पनि सिफारिस गर्‍यो उम्मेदवार



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगरमा सिट बाँडफाँटः केन्द्रमा जसपालाई दिने सहमति तर कांग्रेसले पनि सिफारिस गर्‍यो उम्मेदवार

जनकपुरधामः सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टी (जसपा) लाई दिनेगरि निरण गरे पनि स्थानीय स्तरमा भने कांग्रेसले पनि उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस नगर समितिले नगर प्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको हो।

बैठकले नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिस गरेको हो। कांग्रेसले नगर प्रमुखमा मनोजकुमार साह, किशोरी साह र राकेशविक्रम शाहको नाम सिफारिस गरेको हो। उपप्रमुखमा इन्दिरा चौधरी, रुना झा र शान्ति विष्ट घिमिरे को नाम सिफारिस गरेको हो।

जसपालाई उपमहानगरको नेतृत्व दिने सहमतिको नगर समितिले विरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell