PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गठबन्धनको निर्णयमा असन्तुष्ट पर्साका कांग्रेस नेता देउवालाई फकाउन काठमाडौँमा



पहिलोपोस्ट

गठबन्धनको निर्णयमा असन्तुष्ट पर्साका कांग्रेस नेता देउवालाई फकाउन काठमाडौँमा

वीरगंजः सत्ता गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णय पुनर्विचार गर्न माग गर्दै पर्सा कांग्रेसका नेताहरु सभापति शेरबहादुर देउवासमक्ष पुगेका छन्। नेताहरुको टोलीले देउवालाई भेटेर निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्।

टोलीमा केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधान सभा सदस्य अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलगायत छन्। बुधबार उनीहरुले सभापति देउवालाई भेटेका हुन्।

जिल्लामा गठबन्धन नगर्दा नै पार्टीलाई फाइदा हुने नेताहरुले देउवालाई बताएका थिए।

निर्णय सार्वजनिक भइसकेकाले संशोधनको सम्भावना कम रहेको नेताहरुकै भनाई छ।

कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले बुधबार रातिसम्म सशोधित निर्णय नआए गठबन्धनकै निर्णयमा चित बुझाउनुपर्ने अवस्था रहेको बताए।

 ‘जिल्लाका कार्याकर्ता गठबन्धनको निर्णयबाट असन्तुष्ट छन्। हामीले प्रधानमन्त्रीसमक्ष ब्रिफ गरेको छौँ,’ उनले भने, ‘उहाँले अब सबै भइसक्यो, हेर्छु भन्नुभएको छ, तर विषम परिस्थिति नै बन्यो भने पनि हामी त्यसलाई सहज परिस्थितिमा बदल्न पनि कुनै कसर बाँकी राख्दैनौँ।’

मेयरमा अन्य दललाई सिट दिनु कांग्रेसलाई दीर्घकालीन क्षति भएको वीरगंज महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell