PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू, ८ देशका ७१ फिल्म प्रदर्शन हुने



पहिलोपोस्ट

'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू, ८ देशका ७१ फिल्म प्रदर्शन हुने

काठमाडौं : दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव 'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू हुँदैछ। महोत्सव पाटनढोकास्थित यलमाया केन्द्रमा आइतबारसम्म चल्नेछ।

महोत्सवको १३ औं संस्करणमा ८ देशका ७१ फिल्म प्रदर्शन हुनेछन्। कोरोना महामारीपछि पहिलोपटक भौतिक रूपमा हुन लागेको फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ।

महोत्सवको उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकार सोना उपस्थित हुने बताइएको छ। महोत्सवको उद्घाटनमा उनकै वृत्तचित्र ‘सट अप सोना’ देखाइनेछ।

साथै फेस्टिभलमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे छलफलहरू समेत चल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell