PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

कोठा खाली गर्दा पेस्तोलको गोली र नक्कली सुन भेटियो



पहिलोपोस्ट

कोठा खाली गर्दा पेस्तोलको गोली र नक्कली सुन भेटियो

काठमाडौंः प्रहरीले काठमाडौँबाट नक्कली सुन सहित पेस्तोलमा प्रयोग हुने गोली फेला पारेको छ।

बुधवार  दिउँसो काठमाडौंको कोटेश्वरस्थित  नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्दा सामान फेला परेको हो।काठमाडौँ महानगरपालिकाको प्रतिनिधि समेतको प्रहरी टोलीले  ढोका खोली कोठा भित्र चेक गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

पेस्तोलमा प्रयोग हुने नाएन एमएम लेखिएको ४ थान गोली,नक्कली सुन, नेपाली सेनाको जर्सी, सेनाको कम्ब्याट पोसाक नसिला एको लगायतका सामान फेला परेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell