PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट : भारत घर भएका एक कामदारको मृत्यु, चार जना घाइते



पहिलोपोस्ट

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट : भारत घर भएका एक कामदारको मृत्यु, चार जना घाइते

काठमाडौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धि विक्रम शाहले जानकारी दिए।

पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको हो। अन्य चार जना कामदार घाइते भएका छन्।

घटनास्थलमा पुगेर उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell