PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell