PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'गंगुबाई काठियावाडी' अब नेटफ्लिक्समा



पहिलोपोस्ट

'गंगुबाई काठियावाडी' अब नेटफ्लिक्समा

आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी' अब नेटफ्लिक्समा आउने भएको छ। गत २५ फेब्रअरीमा सिनेमाहलमा रिलिज भएको यो फिल्म २६ अप्रिलमा नेटफ्लिक्समा रिलिज हुनेछ।

नेटफ्लिक्सले नै फिल्मको रिलिज डेटबारे जानकारी दिएको हो। सञ्जयलिला भंसाली निर्देशित यो फिल्म नेटफ्लिक्समा हिन्दी र तेलगू भाषामा समेत रिलिज हुनेछ।

व्यवसायिक र समीक्षात्मक रूपमा सफल भएको यस फिल्ममा आलियाका साथै अजय देवगनको अभिनय रहेको छ।

फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा र असफल प्रेम कथा प्रस्तुत गरेको छ। यो फिल्म हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell