PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

स्थानीय तह निर्वाचन : वाग्मती कांग्रेसले तोक्यो जिल्ला संयोजक, कुन जिल्लामा को?



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन : वाग्मती कांग्रेसले तोक्यो जिल्ला संयोजक, कुन जिल्लामा को?

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेशका १३ जिल्लामा संयोजकहरु मनोनित गरेका छन्।

कांग्रेस वाग्मती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले एक विज्ञप्ति जारी गरी उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला संयोजक तोकिएको जानकारी दिएका हुन्।

काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवन दीर्घमान श्रेष्ठ, ललितपुर ऋषिराम घिमिरे, नुवाकोटमा जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठलाई जिल्ला संयोजकमा तोकिएको छ।

त्यस्तै, भक्तपुर कृष्णलाल भँडेल, मकवानपुरमा निमा लामा, धादिङमा सन्तबहादुर प्रजा, दोलखामा प्रभात तामाङ, रसुवामा लामाकार्पु तामाङ, सिन्धुलीमा दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell