PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

इजरायली फाइटर जेटद्वारा गाजापट्टीमा आक्रमण



पहिलोपोस्ट

इजरायली फाइटर जेटद्वारा गाजापट्टीमा आक्रमण
Photo : AFP

इजरायलले गाजापट्टीमा आक्रमण गरेको अलजजिराले उल्लेख गरेको छ। एक सातामा दोस्रोपटक गाजापट्टीमा आक्रमण भएको हो।

रकेट इन्जिन भण्डारण गरिएर राखिएको स्थानमा आफ्नो फाइटर जेटले आक्रमण गरेको इजरायलले जनाएको छ। आक्रमणका कारण अल बुरेइज शरणार्थी शिविरमा रहेका कयौं घरहरु नष्ट भएका छन्। आक्रमणका कारण भएको क्षति बारे केही सार्वजनिक गरिएको छैन।

लगातार भएको हिंसात्मक आक्रमणमा प्यालेन्टाइनी नागरिकहरुको संलग्नता रहेको खुलेको भन्दै इजरायलले गाजापट्टीमा कारवाही सुरु गरेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell