PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फिलिपिन्समा अगाटन आँधी : मृत्यु हुनेको संख्या २२४ पुग्यो



पहिलोपोस्ट

फिलिपिन्समा अगाटन आँधी : मृत्यु हुनेको संख्या २२४ पुग्यो
Photo : Getty Images

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ। अप्रिल १० देखि आँधीबाट प्रभावित फिलिपिन्समा हालसम्म २२४ जनाको मृत्यु भइसकेको त्यहाँको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले जनाएको छ। परिषद्का अनुसार १४७ जना अझै हराइरहेका छन्।

आँधीबाट करिब ६ लाख परिवार प्रभावित भएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अगाटन आँधीको असर फिलिपिन्सको ३३ वटा राज्यमा परेको छ। ११ हजार भन्दा बढी घरहरु प्राकृतिक प्रकोपका कारण नष्ट भएका छन्।

आँधीका कारण ७६ शहरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने खानेपानीको व्यवस्था गर्न पनि गाह्रो भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell