
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।
आज बसेको कार्यसमिति बैठकले कार्यसमिति सभापति नीलकाजी शाक्य, कार्यसमिति सचिव सुसन वैद्य, बहालवाला उपप्रमुख हरीप्रभा खड्की श्रेष्ठको नाम सिफारिस गरेको हो।
यस्तै, सिर्जना सिंह र प्रगतिमान रञ्जिको नाम पनि महानगर प्रमुखका लागि सिफारिस भएको कार्यसमितिका एक सदस्यले जानकारी दिए।
विगतमा नेपाल विद्यार्थी संघमा सक्रिय रहेकी सिर्जना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्। संस्थापन पक्षका रञ्जित महानगर अधिवेशनमा शाक्यसँग पराजित भएका थिए।