PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुग्यो



पहिलोपोस्ट

अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको हो।

घाइतेहरुको पाटन अस्पताल र बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell