PahiloPost

May 15, 2025 | २ जेठ २०८२

विस्फोटपछि अक्सिजन प्लान्टको भयावह दृश्य

विस्फोटपछि अक्सिजन प्लान्टको भयावह दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज बिहान ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भयो। विस्फोटमा परेर त्यहाँ काम गर्ने दुई भारतीय नागरिकको मृत्यु भएको छ।

भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको पाटन अस्पताल र बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलको स्थिति निकै भयावह रहेको छ। प्रहरीले घटनास्थलबाट बिहान विस्फोटमा छरपस्ट भएका मानिसको शरिरको केही भागहरु संकलन गरेको थियो।

विस्फोटमा मानविय क्षतिसँगै भौतिक क्षति पनि उतिकै भएको छ। ग्यास भर्ने क्रममा ग्यास लिक हुँदा विस्फोट भएको प्रारम्भिकरुपमा देखिएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले विस्फोटनपछि घटनाको समिति बनाएर छानविन गर्न निर्देशन समेत दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell