PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा गर्ने



पहिलोपोस्ट

गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा गर्ने
FILE PHOTO

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ।

आज बसेको संयन्त्रको बैठकले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। सभामा पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरि ६ जनाले सम्बोधन गर्ने निर्णय समेत भएको छ।

गठबन्धनको पहिलो चुनावी सभा बैशाख १८ गते धनगढीमा हुनेछ। १८ गते नै सुर्खेतमा पनि पनि गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।

यस्तै, बैशाख १९ गते बुटवल र पोखरामा सभा गर्ने कार्यतालिका बनेको छ। बैशाख २० गते भने विराटनगर र जनकपुरमा चुनावी सभा हुन्छ।

गठबन्धनका शीर्त नेता र संयन्त्रका संयोजकले बैशाख २२ गते दिउँसो भने काठमाडौंमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell