PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

घोषणा पत्र बेचेर पोखरामा ‘अटेरी’ले उठायो ९६ हजार रुपैयाँ



पहिलोपोस्ट

घोषणा पत्र बेचेर पोखरामा ‘अटेरी’ले उठायो ९६ हजार रुपैयाँ

पोखरा : आसन्न स्थानीय तह निर्वाचनका लागि सुरु भएको स्वतन्त्र उम्मेद्वार अभियान ‘अटेरी’ले घोषणापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ रकम संकलन गरेको छ।

पोखरामा अभियान सुरु गरेका लेखक गनेश पौडेलले सुरुवातदेखि नै चुनावी घोषणापत्र (कार्ययोजनापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने बताउँदै आएका थिए। सोही अनुरुप अटेरीले ९६ हजार ७ सय ७० रुपैयाँ उठाएको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए।

‘अहिलेसम्म चल्दै आएको खर्चिलो चुनावी परिपाटीलाई भत्काउन हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने निर्णय लिएका हौँ’, उनले भने, ‘अहिले चुनावी घोषणापत्र बिक्री गरेर यत्रो रकम उठाउन सक्यौँ।’

‘अटेरी’ले घोषणापत्रको एक प्रतिलाई २५ रुपैयाँ तोकेको छ। स्थानीय तहलाई दलीय नबनाऔँ भन्ने मुख्य उद्देश्यसहित सुरु भएको अभियानबाट अहिले देशभर ४२ सय ८७ जनाले उम्मेदवारी घोषणा गरेका छन्।

पोखरामा प्रमुखसहित १८ जनाले अटेरीबाट उम्मेदवारी घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell