PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले दिए राजीनामा, एमालेबाट भरतपुर महानगरको मेयरमा उठ्ने



पहिलोपोस्ट

वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले दिए राजीनामा, एमालेबाट भरतपुर महानगरको मेयरमा उठ्ने

काठमाडौं : वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।

नेकपा (एमाले)बाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका सुवेदीले आज सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन्।

प्रदेशसभा निर्वाचनमा उनी चितवन २ ‘ख’ क्षेत्रबाट निर्वाचित भएका थिए। निर्वाचन आयोगले आसन्न निर्वाचनमा फेरि निर्वाचनमा लड्न चाहने बहालवाला जनप्रतिनिधिले मनोनयन दिनुअघि राजीनामा गर्नेपर्ने जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि छुट्याएको छ।

राजीनामा दिएपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले आफू २०६२/६३ आन्दोलन पछि सधै चितवनको विकासको लागि लागि परेको दाबी गरे। त्यसैले अब चितवन विकासकै लागि आफू मेयरको उम्मेदवार बनेको उनले बताए।

सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवार उठाउनेछ। माओवादीबाट बहालवाला प्रमुख रेनु दाहाल उठ्ने चर्चा छ। यद्यपि, माओवादीले उम्मेदवारको नाम आधिकारिक रुपमा सार्वजनिक भने गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell