PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता



पहिलोपोस्ट

गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता
तस्विर : बोरिस जोनसन/ट्वीटर

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिने भ्रमणको सिलसिलामा भारतको गुजरात पुगेका छन्। बिहीवार उनी गुजरातको अहमदावाद पुगेका हुन्।

भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक राष्ट्र भन्दै उनले बेलायत र भारतको साझेदारीले धेरै कुराहरु हासिल गर्न सक्ने बताएका छन्।

आज अहमदावादको गान्धी आश्रम पुगेर महात्मा गान्धीको अर्धकदको शालिकमा माल्यापर्ण समेत गरेका थिए। अहमदावादमा उनले गुजरातका व्यापारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

शुक्रवार भने नयाँ दिल्लीमा बोरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्वीपक्षीय वार्ता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell