हेटौंडा : शुक्रवारबाट सुरु हुने एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार १३८ जना परीक्षार्थी सहभागी हुने भएका छन्। यस वर्ष नियमित तर्फ ७ हजार १२४ जना र आंशिकतर्फ (पुरानो ग्रेड बृद्धि) १४ जना परीक्षार्थीले परीक्षा दिने भएका छन्।
कोरोना भाइरस संक्रमणका कारण २०७६ र २०७७ सालमा भौतिक रुपमा एसईई परीक्षा संचालन भएको थिएन। आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो। कोरोना महामारी सुरु भएपछि पहिलोपटक भौतिक उपस्थितिमा नै भोलिबाट एसईई संचालन हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
गत वर्ष जिल्लाबाट ६ हजार ४२३ जनाले विद्यार्थी एसईईमा सहभागी भएको समन्वय इकाई मकवानपुरका सुचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत वर्ष २४ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरु सहभागी रहेको पौडेलले बताए।
परीक्षाका लागि मकवानपुका २४ वडा केन्द्रहरुबाट १३६ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुका सुचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। मकवापुरका १० वटा पालिकामध्ये ९ वटा पालिकाकामा परीक्षा केन्द्र तोकिएको उनले बताए।
पौडेलले परीक्षा केन्द्रमा परीक्षाको व्यवस्था मिलाउनका लागि सबै कर्मचारीहरु खटिसकेको उनले बताए। उनले एसईईमा सहभागी हुने विद्यार्थीलाई सोधिने प्रश्नपत्र समेत तयार पारेर जिल्ला प्रहरी कार्यालयमा पुगेको र परीक्षाको सम्पुर्ण तयारी पुरा भएको बताए।