PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले



पहिलोपोस्ट

कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं : नेकपा एमालेले केही स्थानीय तहमा सत्तामा रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ। नेकपा एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सकारात्मक राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल हुनसक्ने बताएका हुन्।

सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने,'सकारात्मक पार्टीहरुसँग सहकार्य हुन सक्छ। १२ गते सम्म पुग्दासम्म नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि कतिपय ठाउँमा जिल्ला लेभलमा सहकार्य हुनसक्छ।'

एमालेले कांग्रेस र माओवादीसँग तालमेल हुनसक्ने भने पनि सत्ता गठबन्धनमा रहेका दलहरुले भने गठबन्धन बाहिर चुनावी तालमेल गर्न नपाइने सहमति गरिसकेका छन्। 

गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा भागबन्डा लगाएको पछिल्लो दिन एमालेले कांग्रेस र माओवादीसँग तालमेल हुनसक्ने बताएको हो। यसअघि नै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र नेपाल परिवारदलसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell