PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना



पहिलोपोस्ट

मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा : स्थानीय तह निर्वाचनका लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो।

बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो। जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन्। हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन्।

कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ।

सरकारी भवन उपलब्ध नभए मात्र भाडाको घर लिनुपर्ने हुन्छ। निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना नै कर्मचारी रहने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell