PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्न समिति गठन



पहिलोपोस्ट

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्न समिति गठन

काठमाडौं : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले पनि विस्फोटपछि घटनाको समिति बनाएर छानविन गर्न निर्देशन समेत दिएका छन्।

उद्योग मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ।

सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा परेर त्यहाँ काम गर्ने दुई भारतीय नागरिकको मृत्यु भएको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

विस्फोटमा मानविय क्षतिसँगै भौतिक क्षति पनि उतिकै भएको छ। ग्यास भर्ने क्रममा ग्यास लिक हुँदा विस्फोट भएको प्रारम्भिकरुपमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell