PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

चुनावमा उम्मेदवार बन्ने पत्रकारलाई महासंघको निर्देशन, 'पहिले सदस्यबाट राजीनामा दिनू'



पहिलोपोस्ट

चुनावमा उम्मेदवार बन्ने पत्रकारलाई महासंघको निर्देशन, 'पहिले सदस्यबाट राजीनामा दिनू'

काठमाडौँः नेपाल पत्रकार महासंघले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नुअघि राजीनामा दिन सदस्यहरुलाई निर्देशन दिएको छ। सदस्यता परित्याग नगरी उम्मेदवार बनेमा विधान अनुसार स्वतः पदमुक्तको निर्णय पनि महासंघले गरेको छ।

बिहीबार बसेको बैठकले आचारसंहिताको पालना गर्न र तटस्थ भूमिका निर्वाह गर्न सदस्यहरुलाई आग्रह गरिएको छ।

निर्णयमा भनिएको छ, 'महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न यो बैठक आहृवान गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell