PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

महिला गोल्डकपः आयोजकलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने



पहिलोपोस्ट

महिला गोल्डकपः आयोजकलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ। धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। आज सम्पन्न खेलमा पुलिसले वनदेवीमाथि ३–० को अन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले ४९ औं मिनेटमा अग्रता कायम गर्यो। जसका लागि निर्मलाले गोल गरिन्। ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तिगत गोल गर्दै पुलिसलाई सहज अवस्थामा पुर्‍याइन्। त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेनन्। र, पुलिस सानदार जित सहित फाइनल पुग्न सफल भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन्। उनले नगद ५ हजार सहित ट्रफी पाईन्। वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार फाइनल खेल हुनेछ। फाइनल खेल शनिबार साँझ साढे ६ बजे दुई विभागीय टोली एपीएफ र पुलिस भिड्नेछन्।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell