
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्समाथि जित निकालेको हो। मुम्बइस्थित बीवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न खेलमा चेन्नइले मुम्बइमाथि ३ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। ओपनर तथा कप्तान रोहित शर्मा र इशान किशनलाई शुन्य रनमै गुमाएको मुम्बइले खेलको खराब सुरुवात गरेको थियो। मुम्बइका लागि तिलक वर्माले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा सूर्य कुमार यादवले ३२, हृतिक शोकीनले २५ रन बनाए। त्यस्तै जयदेव उनदकटले १९ रन बनाउँदा किइरन पोलार्ड १४ रनमा आउट भए।
बलिङतर्फ चेन्नइका मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिँदा ड्वेन ब्राभोले २ तथा मिचल सान्टनेर र महीस ठीकशनाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले अन्तिम बलसम्म खेल्दै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। चेन्नइका लागि अम्बाती रायडूले सर्वाधिक ४० रन बनाउँदा रोबिन उथप्पाले ३० रन बनाए। अन्तिम ओभरमा चेन्नइका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अनुभव देखाउँदै उत्कृष्ट जित दिलाए। उनी १३ बलमा २८ बनाउँदै अविजित रहे। त्यस्तै ड्वेइन प्रेटोरिअसले २२ रन बनाए।
बलिङतर्फ मुम्बइका ड्यानियल साम्सले सर्वाधिक ४ विकेट लिँदा जयदेव उनद्कटले २ तथा रिले मेरेड्थले १ विकेट लिए।
योसँगै मुम्बइले लगातार ७ खेलमा पराजय ब्यहोर्दै तालिकाको पुछारमा छ भने ७ खेलमा दोस्रो जित निकालेको चेन्नइले ४ अंक जोड्दै राहत पाएको छ।