PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

दुई वर्षपछि भौतिक उपस्थितिमै शुरु भएको एसईईको माहोल हेर्नुस् फोटोमा

दुई वर्षपछि भौतिक उपस्थितिमै शुरु भएको एसईईको माहोल हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। देशभरका परीक्षा केन्द्रहरुमा ८ बजेबाट परीक्षा शुरु भएको हो। परीक्षार्थी परीक्षा केन्द्रमा मास्क लगाएर उपस्थित भएका देखिन्छन्।

कोभिड- १९ संक्रमणका कारण २०७६ र २०७७ सालमा आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो।

एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षाका लागि देशभर दुई हजार सातवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।

दृश्यमा काठमाडौंको नयाँ बानेश्वरमा रहेको विश्व निकेतन परीक्षा केन्द्रमा देखिएको इसईई माहोल :



ट्रेन्डिङ पोस्ट

Ncell