काठमाडौं : शुक्रवार देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। यसरी परीक्षा दिनेमा फरक क्षमता भएका विद्यार्थीहरु पनि छन्। शुक्रवार बिहानै खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थीहरु काठमाडौंको जोरपाटीमा रहेको आफ्नो परीक्षा केन्द्र चामुण्डा माविमा आइपुगे।
ह्विलचेयरमा आइपुगेका उनीहरुमध्ये पेमा गुरुङ र लक्ष्मीराज भट्ट आफै लेखिरहेका थिए। नगीना धामी, विशाल श्रेष्ठ र सुरन्जन रावत भने अरुको सहयोगमा परीक्षा दिइरहेका छन्।
खगेन्द्रका ४१ जना विद्यार्थीले यसपटक एसईई परीक्षा दिइरहेका छन्। खगेन्द्र नवजीवनका सहायक प्रधानाध्यपक नन्दनप्रसाद सापकोटाका अनुसार यसपटक ९ जना फरक क्षमताका विद्यार्थी परीक्षामा सामेल छन्। आफै लेख्न नसक्ने तीन जना विद्यार्थीलाई ९ कक्षा पढेका विद्यार्थीले सघाइरहेको उनले बताए।
फरक क्षमता भएका विद्यार्थीका लागि कक्षाकोठा भन्दा बाहिर परीक्षा दिने व्यवस्था मिलाइएको छ।
दृश्यमा चमुण्डा मावि केन्द्रको माहोल :