1.jpeg)
काठमाडौं : नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ।
आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिने गठबन्धनमा सहमति जुटिसकेको छ। तर, चितवनका नेताहरु केन्द्रको उक्त निर्णयको पक्षमा छैनन्। त्यसैले जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर केही नोबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्छु।’
उनले आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिसकेको भदै कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने बताए।
भरतपुर महानगरपालिकाको प्रमुखमा यसपटक पनि बहालवाला प्रमुख रेनु दाहाललाई उठाउने तयारी नेकपा माओवादी केन्द्रले गरेको छ। नेकपा एमालेबाट भरतपुर महानगरमा विजय सुवेदीले उम्मेदवारी दिने पक्का भइसकेको छ।