PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

चर्चामा गेभी सिंहको कभर गीत



पहिलोपोस्ट

चर्चामा गेभी सिंहको कभर गीत

पंजाबी गायक गेभी सिंहको स्वरमा सार्वजनिक भएको नेपाली गीत अहिले चर्चामा छ। अप्रिल १७ मा प्रिमियर भएको कभर भर्सनमा उनले स्वर सम्राट नारायण गोपालको चर्चित गीत ‘मलाई माफ गरिदेउ’मा आवाज दिएका छन्।

लण्डनमा छायांकन भएको उक्त गीतको निर्देशन जीएस जोन्नीले गरेका हुन्। संसार ब्लगले निर्माण गरेको उक्त गीतमा आवाज दिएका सिंहलाई नेपाली राम्ररी बोल्न आउँदैन। विदेशी र नेपाली संस्कृतिलाई जोड्ने उद्धेश्यले सिंहलाई नारायण गोपालको गीतको कभर भर्सन गाउन लगाइएको निर्माण पक्षले जनाएको छ। 

युट्यवमा अहिले गीतले राम्रै कमेन्ट पाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell