
काठमाडौं: नेपाली क्रिकेट टोलीले वैशाख १७ गतेबाट जिम्बावे 'ए' सँग घरेलु मैदानमा क्रिकेट सिरिज खेल्दै छ। सिरिजका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल र जिम्बावेबीच तीन खेलको टी २० सिरिज र तीन खेलकै वानडे सिरिज हुनेछ। वैशाख १७, १९ र २१ गते वानडे र २३, २४ र २६ गते टी २० सिरिजका खेल हुनेछन्।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, शुसन भारी, पवन सर्राफ, अविनास बोहोरा, बसिर अहमेद, लोकेश बम, विवेक यादव, शाहब आलम, सुनिल धमला