PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

पाटन पुगेर डब्लुएचओका महानिर्देशक टेड्रोसले निरीक्षण गरे टाइफाइडविरुद्धको खोप अभियान

पाटन पुगेर डब्लुएचओका महानिर्देशक टेड्रोसले निरीक्षण गरे टाइफाइडविरुद्धको खोप अभियान

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयससले आज ललितपुरका विद्यालयहरु पुगेर टाइफाइडविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन्।

ललितपुरस्थित पाटन सेकन्डरी स्कुल पुगेर उनले खोप अभियानको निरीक्षण गरेका हुन्। त्यसक्रममा स्वास्थ्यकर्मीहरुले गेब्रेयससलाई खोप अभियानबारे जानकारी दिएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट पछि उनी पाटन पुगेका हुन्।

चैत २५ गते देखि देशभर १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदैछ।

सातै प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान जारी छ। खोप अभियानबाट १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने सरकारले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell