PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

च्यासल सर्‍यो एमालेको केन्द्रीय कार्यालय, 'एक्सन रुम'सहित छन् तीनवटा भवन

च्यासल सर्‍यो एमालेको केन्द्रीय कार्यालय, 'एक्सन रुम'सहित छन् तीनवटा भवन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सरेको छ। यसअघि थापाथलीमा रहेको कार्यालय आजबाट च्यासलमा स्थानान्तरण गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवासको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय कार्यालय उद्घाटन गरिएको हो।

एमाले नेता विष्णु रिमालले अत्याधुनिक एक्सन रुम सहितको केन्द्रीय कार्यालय रहेको भवन तुल्सीलाल प्रतिष्ठनको हकाधिकार रहेको जमिन रहेको बताए। पाँच वर्षका लागि केन्द्रीय कार्यालय संचालन गर्ने गरि सहमति भएको समेत उनले बताए।

एमालेले उक्त स्थानमा रहेको तीनवटा भवनको प्रयोग गर्नेछ। तीन महिना लगाएर त्यहाँ हल तयार पारिएको रिमालले बताए।  प्रतिष्ठानमा रहेका अन्य हल साझेदारीमा संचालन हुने उनले बताए।

आजै एमालेले स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्दैछ।   



ट्रेन्डिङ पोस्ट

Ncell