PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

नयाँ दिल्लीमा बोरिससँग छलफल पछि मोदीले भने : स्वतन्त्राको अमृत महोत्सव ऐतिहासिक भयो



पहिलोपोस्ट

नयाँ दिल्लीमा बोरिससँग छलफल पछि मोदीले भने : स्वतन्त्राको अमृत महोत्सव ऐतिहासिक भयो
Photo : Boris Johnson/ Twitter

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। बिहीवार गुजरातबाट भारत भ्रमण सुरु गरेका उनले आज नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेका हुन्।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबिच द्वीपक्षिय छलफल भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। दुवै देशको प्रतिनिधिमण्डलसहितको छलफलमा अर्थ व्यवस्था, भौतिक पूर्वाधारको विकास, पाइपलाइन लगायतका विषयमा कुराकानी भएको छ।

भेटपछि मोदी र बोरिसले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यसक्रममा मोदीले भारतले स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको बेला बेलायती प्रधानमन्त्री बोरिसको भ्रमण ऐतिहासिक पल भएको बताएका थिए। यस्तै, बोरिसले विकासका क्षेत्रका बारेमा मोदीसँग कुरा भएको जानकारी दिए। साथै, युक्रेन मामिलामा समेत भारतीय पक्षसँग वार्ता भएको उनले बताए।

मोदीसँगको भेटअघि बोरिसलाई दिल्लीमा गार्ड अफ अर्नर प्रदान गरिएको थियो। यस्तै, बोरिस र भारतीय विदेश मन्त्री एस जयशंकरबिच पनि भेट भएको थियो। आजै बोरिसले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell