PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमालेद्वारा ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’ प्रदान



पहिलोपोस्ट

एमालेद्वारा ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’ प्रदान

काठमाडौं : नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रममा झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाडौँका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाडौँका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण दुवाल, हरि शर्मा, कास्कीका टेकनाथ बराल, कञ्चनपुरका लक्ष्मी जोशीलगायतलाई सम्मान गरिएको हो। उनीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन्।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कठोर यातना र जेलनेलपूर्ण जीवन पार गरेर लोकतन्त्रका लागि योगदान दिएर यसबीचमा कुनै पनि लाभको पद नलिएकालाई योगदानको स्मरण गर्दै सम्मान गरिएको जानकारी दिए।

कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकालाई स्वागत समेत गरिएको थियो। एमालेले आजै स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र समेत सार्वजनिक गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell