
काठमाडौं: दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्म ‘के घर के डेरा’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन्। निर्माण टिमले अभिनेत्री पन्तसँग शुक्रबार फिल्मको मुख्य भुमिकामा लागि लिखित सम्झौता गरेको हो।
फिल्ममा सुरक्षाका साथै दयाहाङ राई, विपीन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ। कमेडी तथा सामाजिक विषयवस्तु समेटिएर निर्माण हुने फिल्मको बैशाख २२ गतेबाट छायांकन सुरू हुनेछ। फिल्मको सम्पुर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ।
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको छ।