PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

जनकपुरधाम जसपालाई दिएपछि असन्तुष्ट नगर सभापतिद्वारा कांग्रेस परित्याग, २५० कार्यकर्ताले पनि छाडे पार्टी



पहिलोपोस्ट

जनकपुरधाम जसपालाई दिएपछि असन्तुष्ट नगर सभापतिद्वारा कांग्रेस परित्याग, २५० कार्यकर्ताले पनि छाडे पार्टी

जनकपुरधाम : नेपाली कांग्रेसका जनकपुरधाम नगर कार्यसमिति सभापति मनोज साहले राजीनामा दिएका छन्। शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गरेका हुन्।

सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको बाँडफाँट गरेकोमा साह असन्तुष्ट थिए। गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद जनता समाजवादी पार्टी (जसपा)लाई दिएको छ। उक्त निर्णय भएदेखि नै जनकपुरका नेता कार्यकर्ता आन्दोलित छन्।

गठबन्धनले जनकपुरधाम जसपालाई दिने निर्णय गरेकै दिन कांग्रेस नगर कार्यसमितिको नेतृत्वमा जनकपुरमा विरोध प्रदर्शन गरिएको थियो। उनीहरुले चोकचोकमा टायर बालेर गठबन्धनको विरोध गरेका थिए। साथै, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध पनि नारा लगाएका थिए।

आज नगर सभापति साह सँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले पनि राजीनामा दिएका हुन्। उनीहरुसँगै करिब २५० कांग्रेस कार्यकर्ताहरुले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell