PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राप्रपाबाट काठमाडौं महानगर प्रमुखमा कलाकार मदनदास श्रेष्ठले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

राप्रपाबाट काठमाडौं महानगर प्रमुखमा कलाकार मदनदास श्रेष्ठले प्रतिस्पर्धा गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए।  अन्य महानगर र पालिकाका बारेमा पनि अहिले कुनै निर्णय भएको छैन।

'वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय पार्टीले गरेको छ। अन्य महानगरको उम्मेद्वारबारे छलफल जारी छ' तामाङले भने।

राप्रपाबाट उम्मेदवार बन्ने तय भएका श्रेष्ठले आफू पहिला देखि नै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै निर्वाचनमा कडा प्रतिस्पर्धा दिने बताए। 

'म कलाकारिताका साथसाथै पहिल्यैदेखि सामाजिक कार्यमा समेत सक्रिय छु। सामाजिक कार्यकर्ताको रूपमा काम गर्दा विशेष पदमा लागेर काम गरौं भनेर मेरो उम्मेदवारी हो,' उनले भने।

श्रेष्ठ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय निवर्तमान अध्यक्ष पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell