PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बक्स अफिस लागू नगर्ने हललाई बन्द गर्ने चलचित्र विकास बोर्डको चेतावनी



पहिलोपोस्ट

बक्स अफिस लागू नगर्ने  हललाई बन्द गर्ने चलचित्र विकास बोर्डको चेतावनी

काठमाडौं : चलचित्र विकास बोर्डले सम्पुर्ण हलहरूलाई बक्स अफिस प्रणालीमा आउन निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले देशभरका हलमा बक्स अफिस प्रणाली लागू गर्न निर्देशन दिएको बोर्ड सदस्य अर्जुनकुमारले जानकारी दिए।

बैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हललाई बन्द गर्ने चेतावनीसमेत बोर्डले दिएको छ।

'आज बसेको बैठकले बैशाखभित्र बक्स अफिस लागू नगर्ने हलहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। साथै बोर्डले कल छली र अनुमति बिना मध्यरात हल संचालन गर्नेहरूलाई कारबाही गर्न समेत सम्बन्धित निकायसँग कुरा गरिसकेको छ,' उनले भने।

बोर्डले देशभरका हलमा अनुगमन गर्ने निर्णयसमेत गरेको उनले बताए।

२०७५ साल साउन १ गतेदेखि नेपाली फिल्म क्षेत्रमा पहिलोपटक बक्स अफिस प्रणालीको सुरु भएको थियो। त्यसबखत केही हलहरूमा बक्स अफिस लागू भएता पनि कार्यान्वयन पक्ष  फितलो हुँदा सबै ठाउँमा लागू हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell