PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सुरु भयो 'हाम्रो स्वर्ग' को छायांकन



पहिलोपोस्ट

सुरु भयो 'हाम्रो स्वर्ग' को छायांकन

काठमाडौं : फिल्म 'हाम्रो स्वर्ग' को छायांकन सुरू भएको छ। जुम्ला जिल्लाको पटमाराबाट फिल्मको छायांकन सुरु भएको हो।

फिल्म निर्देशक शोभित बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई देखाइनेछ। यस फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

ज्ञान कुमार कटेलको छायांकन रहने फिल्ममा गौतमराज खड्काको सम्पादन रहनेछ। कर्णालीका १० जिल्लामा छायांकन हुने फिल्ममा प्रदेशवासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ। फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell