PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

लमहीस्थित मस्जिदमा अज्ञात समूहद्वारा आक्रमण, आठ जना घाइते



पहिलोपोस्ट

लमहीस्थित मस्जिदमा अज्ञात समूहद्वारा आक्रमण, आठ जना घाइते

बुटवल : दाङको लमहीस्थित एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणबाट ८ जना घाइते भएका छन्। घाइतेमध्ये  एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र इट्टा प्रहार गरेका थिए। अपरिचित व्यक्तिहरूको समूहले मस्जिद परिसरमै धारिलो हतियार र इट्टा प्रहार गर्दा आठजना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए।

हतियार प्रयोगबाट लमही नगरपालिका वडा नम्बर ५ का गुठे कुरेसी, सोही वडाका अरसद अली, सववीर अली, मोहम्मद कासिम, सकिल अली, दिल मोहम्मद मिया, कमाल अलि र मोहम्मद याकदिन अलि घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ।  अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ।

आक्रमण गर्ने अपरिचित व्यक्ति को थिए भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनामा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell