PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अमेरिकी संसदीय टोली नेपालमा, प्रधानमन्त्री देउवासहित राजनीतिक दलका नेताहरु भेट्ने



पहिलोपोस्ट

अमेरिकी संसदीय टोली नेपालमा, प्रधानमन्त्री देउवासहित राजनीतिक दलका नेताहरु भेट्ने
फोटो : अमेरिकी दूतावास

काठमाडौँ: अमेरिकाबाट उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको छ। शुक्रबार सिनेटर किर्स्टेन गिल्लिव्रान्ड नेतृत्वको संसदीय टोली नेपाल आइपुगेको हो। 

नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठ मनाउने तयारीमा दुई देश रहेका छन्। दुई देशबीच सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। बेलायतपछि नेपालले औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो देश हो अमेरिका। 

अमेरिकी दूतावासले द्विपक्षीय साझेदारीको हिस्साको रुपमा अमेरिकी संसदीय टोली नेपाल आएको जनाएको छ। संसदीय टोलीमा सिनेटरहरु सेल्डन ह्वाइटहाउस, कोरी बुकेर, मार्क केली, र प्रतिनिधि मार्क केली रहेका छन्। टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य सरकारी उच्च अधिकारी तथा राजनीतिक दलका नेतृत्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। 

संसदीय टोली हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावको विषयमा समेत चासोका साथ छलफल गर्नेछ। शनिबार टोली हाइकमा जाने छ। 

यो भ्रमण अमेरिकी संसदीय टोलीको लामो भ्रमणको हिस्सा हो। उनीहरु यसअघि पोल्याण्ड पुगेका नेपाल आइपुगेका हुन्। भ्रमणका क्रममा उनीहरुले युक्रेन मामिलामा समेत छलफल गर्नेछन्। 

संसदीय टोलीको यो भ्रमण युक्रेन र नाटो गठबन्धनका देशहरुलाई रुसको कदमविरुद्ध सहयोग, र भारतको विषयमा जानकारी लिन रहेको दूतावासले जनाएको छ। 

अमेरकी संसदको एक टोलीले बिहीबार मात्र भारत पुगेको थियो। त्यस्तै अमेरिकाले विभिन्न संसदीय टोलीलाई विभिन्न देशको भ्रमणमा पठाएको छ। युक्रेन मामिलामा रुसविरुद्ध नेपाल उभिएको अवस्थामा यो टोली नेपाल आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell