PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

वीरगंजमा एमालेको चुनावी घोषणापत्र सार्वजनिकः शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता



पहिलोपोस्ट

वीरगंजमा एमालेको चुनावी घोषणापत्र सार्वजनिकः शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता

वीरगंजः नेकपा (एमाले) वीरगंजले आसन्न स्थानीय तह निर्वाचनको प्रतिवद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ।

मेयरका उम्मेदवार विजयकुमार सरावगीले १६ पृष्ठ लामो प्रतिवद्धतासहितको घोषणापत्र सार्वजनिक गरेका हुन्। सरावगीले चुनाव जिते प्रतिवद्धता पूरा गर्ने पनि जनाए।

प्रतिवद्धतामा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार मुख्य एजेन्डा रहेको बताए। जसपाबाट निर्वाचित भए पनि नेताहरुबाट सहयोग नपाएकाले वर्तमान कार्यकालमा आफूले प्रतिवद्धता पूरा गर्न नसकेको उनले बताए।

कार्यक्रममा एमाले पर्सा इन्चार्ज प्रभु हजाराले आगमी चुनावबाट मधेश प्रदेशमा मधेशवादी सरकारलाई उखेलेर फाल्ने चेतावनी दिए।

एमाले पर्सा अध्यक्ष जयप्रकाश थारुले वीरगंजको नतिजा एमालेकै पक्षमा हुने बताए।

पर्साका सहइन्चार्ज अरबिन्द सिंहले घोषणापत्र गाउँगाउँ डुलेर वास्तविक र जनभावना समेटेर तयार पारेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell