PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दोलखामा सत्ता गठबन्धनको सिट भागबन्डा, कसलाई कुन पालिका?



पहिलोपोस्ट

दोलखामा सत्ता गठबन्धनको सिट भागबन्डा, कसलाई कुन पालिका?

काठमाडौँः सत्ता गठबन्धनले दोलखामा स्थानीय तह निर्वाचनको सिट बाँडफाँट गरेको छ। ९ स्थानीय तह रहेको दोलखामा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पालिकाको सिट भागबन्डा गरेका हुन्।

निर्णय अनुसार दुई नगरपालिकाको नेतृत्वको भाग कांग्रेसले लिएको छ। जिरी र भीमेश्वर नगरपालिका दुबैको प्रमुखमा कांग्रेसले भाग पाएको छ। उपप्रमुखमा जिरीमा माओवादी केन्द्र र भीमेरश्वरमा एकीकृत समाजवादीले भाग पाएका छ।

यस्तै, कालिन्चोक गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्दका उम्मेद्वार बनाउने निर्णय भएको छ।

गौरीशंकर गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ। तामाकोशी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसले भाग पाएको छ।

वैत्यश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, शैलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने निर्णय भएको छ।

मेलुङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार हुनेछन्। विगु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार हुने सहमति गठबन्धनमा बनेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell