PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बटलरको शतकसहित सानदार ब्याटिङ गरेको राजस्थान दिल्लीलाई हराउँदै शीर्षस्थानमा



पहिलोपोस्ट

बटलरको शतकसहित सानदार ब्याटिङ गरेको राजस्थान दिल्लीलाई हराउँदै शीर्षस्थानमा
फोटो आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिल्लीमाथि १५ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गरेको थियो। राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै सर्वाधिक ११६ रन बनाउँदा देवदत्त पार्डिकलले ५४ रन बनाए। त्यस्तै कप्तान सञ्जु सामसन ४६ रनमा अविजित रहँदा शिमरन हिटमायरले अविजित १ रन बनाए।

बलिङतर्फ दिल्लीका खलिल अहमेद र मुस्तफिजुर रहमानले समान १/१ विकेट लिए।

२२३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीलाई पृथ्बी शले ३७ र डेभिड वार्नले २८ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। दिल्लीका लागि सर्वाधिक रन भने कप्तान ऋषभ पन्तले बनाए। उनले ४४ रन बनाउँदा ललित यादवले ३७ र रोभमेन पावेलले ३६ रन बनाए। त्यस्तै शार्दुल ठाकुरले १० रन बनाए।

दिल्लीलाई लक्ष्यसम्म पुग्न नदिन राजस्थानका प्रशिद कृष्णाले ३, रविचन्द्रन अश्विनले २ तथा युजवेन्द्र चहल र ओबेड म्याककोइले समान १ विकेट लिए।

जितसँगै ७ खेलमा ५ जित निकालेको राजस्थान १० अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अर्कोतर्फ ७ खेलमा ३ जित र ४ हार ब्यहोरेको दिल्ली ६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell