PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस



पहिलोपोस्ट

कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

सुर्खेत : केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुबिच आसन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको विषयमा सहमति भए पनि प्रदेशस्तर गठबन्धनमा भने तालमेलमा सकस देखिएको छ। सिट बाडँफाँटको टुंगो लगाउन पटक पटक बैठक बसेपनि आ आफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबीच सकस परेको हो।

शुक्रवार दिउँसो १ बजेदेखि बसेको सत्तारुढ गबठन्धन संयन्त्रको बैठक मध्यरातसम्म बसेको थियो। तर बैठकबाट कुनै निष्कर्ष निस्कन सकेन। सहमतिका लागि फेरि आज बस्ने भएको छ ।

प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले दाबी र अडान नछोडेपछि टुंगो लाग्न नसकेको हो।

मनोनयन दर्ता गर्ने समय एक दिन मात्र बाँकी रहेको भन्दै सम्भवत आज बस्ने बैठकले बाँडफाँटको टुंगो लगाउने नेपाली कांग्रेसका एक नेताले बताए। उनका अनुसार मुख्यगरि ठूला तीन दलहरुबिच सहमति हुन नसकेको र यि तीन दलहरुबिच सहमति भए पाँच दलको संयुक्त बैठक आजै बस्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell