PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

धुर्कोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी उम्मेदवार



पहिलोपोस्ट

धुर्कोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी उम्मेदवार

बुटवल : गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारी उम्मेदवार बन्ने भएका छन्।

गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान लिएपछि निर्णयको लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अध्यक्ष छान्ने अधिकार दिइएको थियो। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्कोटमा सत्तारूढ गठबन्धनको तर्फबाट कांग्रेसले अध्यक्ष पाएको जानकारी दिए। कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका भण्डारी गठबन्धनको साझा उमेदवार भएकोको श्रेष्ठले बताए।

यस अघि नै धुर्कोट गाउँपालिकाका बहालवाला अध्यक्ष भूपाल पोखरेलले माओवादी केन्द्रको तर्फबाट आफू पुनः दाहोरिने भन्दै उम्मेदवारी घोषणा गरिसकेका थिए।

धुर्कोट गाउँपालिकाको अध्यक्ष नपाएको नेकपा माओवादी केन्द्रले मदाने गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ।

सत्तारूढ गठबन्धनबाट धुर्कोट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका भण्डारी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष हुन्। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेलाई पराजीत गर्दै कांग्रेस माओवादीको गठबन्धनबाट माओवादी केन्द्रका भुपाल पोखरेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell