
काठमाडौंः चालु आर्थिक वर्षको आठ महिनामा देशभर ३ हजार ७ सय ९५ जना लागु औषध कारोबारमा मानिस समातिएका छन्।
लागु औषध नियन्त्रण ब्युरोले दिएको जानकारी अनुसार गत साउन देखि फागुन महिनासम्म ३ हजार ७ सय ९५ जना मानिस समातिएका हुन्। २ हजार ५ सय १७ वटा केसमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा ५ जना विदेशी नागरिक समेत रहेका छन्। १ महिला सहित १ सय १६ जना भारतीय नागरिक रहेका छन्।
समातिएका नेपालीहरु मध्ये १ सय ६७ जना महिला रहेका छन्।