
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ।
यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय कार्यसम्पादन बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाउने कार्यसूची रहेको छ।