PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

यी नेता छानिए एकीकृत समाजवादीबाट उपमहानगरपालिकाको उम्मेदवार



पहिलोपोस्ट

यी नेता छानिए एकीकृत समाजवादीबाट उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीले तीन उपमहानगरमा उम्मेदवार तय गरेको छ।

तुल्सीपुर उपमहानगरको उपप्रमुखमा जोगबहादुर राना, बुटवल उपमहानगरको उपप्रमुखमा चीनबहादुर गुरुङ, इटहरी उपमहानगरको उपप्रमुखमा केशव बिष्ट उम्मेदवार तय भएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

काठमाडौं महानगरको उपप्रमुख र पोखरा महानगरको प्रमुख पदको उम्मेदवार भने तय नभएको एकीकृत समाजवादीले जनाएको छ।

सत्ता गठबन्धनको भागबन्डा अनुसार एकीकृत समाजवादीले पोखरा महानगरमा प्रमुख पद पाएको थियो भने हेटौंडा उपमहानगरमा पनि प्रमुखमा उम्मेदवारी पाएको थियो। काठमाडौं महानगरमा उपप्रमुखमा उम्मेदवारी पाएको एकीकृत समाजवादीले इटहरी, बुटवल र तल्सिपुर उपमहानगरमा उपप्रमुख पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell